जउवासंघ निर्वाचन : साँझ साढे ६ बजेसम्म मतदान हुने

जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको पदाधिकारी चयनका लागि भइरहेको मतदानको समयअवधि डेढ घण्टा थपिएको छ ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम बिहान ९ बजे सुरु भएकाले साँझ साढे ६ बजेसम्म समय बढाइएको निर्वाचन समितिले जनाएको छ ।
संघको निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक एशोसिएट सदस्य, ६ जना कार्यकारिणी सदस्य र एक सम्बद्ध सदस्य निर्वाचित हुँदैछन् ।
निर्वाचन समितिका अनुसार संघमा कूल ४ हजार ७६ मतदाता छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


