राष्ट्रिय मुक्ति क्रान्ति अभियानको राष्ट्रिय समिति बैठक आह्वान

काठमाडौं, २७ भदौ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले राष्ट्रिय समितिको बैठक आह्वान गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता महतोले असोज १ देखि ३ गतेसम्मका लागि बोलाएको बैठकले पार्टी निर्माणसम्मको एजेन्डा राखेका हुन् ।
बैठकमा समसामयिक राजनीतिक स्थिती र पार्टीको अवधारणाको विषयमा पनि छलफल हुने एजेन्डा रहेको विज्ञप्तीमा उल्लेख छ । मधेशवादका प्रचारक नेता महतोले लोसपा राम्ररी चल्न नसकेको भन्दै पार्टी परित्याग गरेर नयाँ अभियान थालनी गरेका छन् ।
उनको अभियानमा काठमाडौंका मेयर प्रत्यासी सुमन सायमी (नेवार) देखि जनजाती तथा थिंक टयांक बुद्विछिरिङ्ग तामांगसम्मको सहभागिता छ ।
नयाँ बानेश्वरमा बोलाइएको बैठक तिन दिनसम्म चल्ने विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


