कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २३ भदौ । कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।
सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।
सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।
सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


