काठमाडौँ, ९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेको छ ।

बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै सिरोहियालाई पूर्वाग्रह कैलाश सिरोहियालाई पूर्वाग्रही तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएको र उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

‘लोकतन्त्रको पक्षमा लामो समयदेखि सङ्घर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याई छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पकाउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।’

राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोक्न पनि जसपाले माग गरेको छ ।

‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाई गर्नु पर्दछ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहरÞ्याउन सरकारलाई सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।