दोहा, १६ बैशाख । जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठनमा पार्टी प्रवेशको लहर लागेको छ। जसअन्तर्गत नेपाली समाज कतारमा ४३ जना युवाहरु संगठनमा प्रवेश गरेका छन् ।

कतारको सनैयामा अवस्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको संगठन प्रवेश कार्यक्रममा ४३ जना युवाहरुले विभिन्न वैचारिक संगठन त्यागेर सामुहिक रुपमा नेपाली समाज कतारमा प्रवेश गरेका हुन् ।

कतार भ्रमणमा रहेका मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले नवप्रवेशी व्यवसायी मोहम्मद तनबिर रेजा,  समाजसेवी कलाम खान, चन्द्रबिर यादव, रामबाबु यादव, मेराजुदिनको अगुवाई तथा नेतृत्वमा शकिल अहमद, शेख आरिफ लगायत ४३ जनालाई स्वागत गरेका थिए । सो क्रममा मन्त्री यादवले सही पार्टी चयन गरेकोमा नवप्रवेशीहरुलाई धन्यवाद दिए।

कार्यक्रममा मन्त्री यादवलाई संगठनद्वारा खादा ओढाई सम्मान पत्र हस्तान्तरण गरि सम्मान व्यक्त गरिएको हो। संस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम चन्द्रवीर यादवले संचालन गरेका थिए ।