मार्क्सवाद अरु विचारभन्दा अग्रगामी छ : प्रदीप ज्ञवाली

काठमाडौं, २६ चैत । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मार्क्सवाद अरु विचारभन्दा अग्रगामी रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘ब्रह्मवाद, शून्यवाद र मार्क्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा उनले माक्र्सवादी विचारले समाज बदल्नुपर्छ, व्यक्ति मात्रै राम्रो भएर वा एउटा शासक मात्र राम्रो भएर समाज परिवर्तन नहुने उल्लेख गरेको बताए ।
पुस्तकका बारेमा चर्चा गर्दै नेता ज्ञवालीले तुल्सीलालले नेपाली समाजलाई धेरै नै गहिरो गरी प्रभाव पारेका चिन्तन धाराहरु जसरी संयोजन गरेर विश्लेषण गरिएको बताए ।
‘विभिन्न धारामा प्रभावित भएका व्यक्तिहरूलाई पनि नेपाली समाजको सकारात्मक रुपान्तरणमा कसरी लगाउन सकिन्छ भन्ने कुरालाई आन्दोलनसँग जोडेर पनि यो पुस्तकमा उल्लेख गरिएको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


