काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसदको बैठक चल्न नदिने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए । उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए ।

उनले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्लेख गरे ।