प्रसाईंको अङ्गरक्षक भनिएका दुई जनाकै परिवारले दायर गरे सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौँ, ६ चैत । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षक भनिएकाहरू अत्याधुनिक हतियार र गोलीसहित सर्वोच्च अदालत परिसरमा पुगेको अवस्थामा सोमबार पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल छन् ।
मङ्गलबार उनीहरूका पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदन दिनेमा रिया राजवंशी धिमाल र शान्ता खड्का रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । उक्त रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


