महिन्द्र राय यादव पक्षले गरे बाबुराम भट्टराई पक्षको निर्णय अस्वीकार गर्ने घोषणा

काठमाडौँ, ६ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ ।
मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले भट्टराई पक्षको निर्णय नमान्ने घोषणा गरेको हो । बाबुराम पक्षको सोमबार बसेको बैठकले महाधिवेशन आगामी माघमा गर्ने र महिन्द्र पक्षका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
यसैबिच यादव पक्षको बैठकले चैत ३ गते माओवादी केन्द्रसँग भएको एकतासम्बन्धी ४ बुँदे सहमति अनुमोदन पनि गरेको छ । यसैगरी बैठकले सातै प्रदेशमा इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


