माओवादीले मंगलबार बोलायो पदाधिकारी बैठक

काठमाडौँ, ५ चैत्र । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । तर बैठकको एजेन्डाबारे उनले अनविज्ञता प्रकट गरे । यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुनसक्ने बताए ।
सापकोटाले भने, ‘नेताहरूको जिम्मेवारी, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी जागरण अभियान लगायत विषयमा छलफल हुनसक्छ तर एजेन्डा अहिलेसम्म तय भएको छैन ।’ सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेपछि बस्न लागेकोले यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


