लोसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ, २ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । विभिन्न कारण पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक चैत ६ र ७ गतेका लागि बोलाइएको हो ।
महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए ।
बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यी विषयमा प्रतिवेदन तयार भइसकेको छ भने अध्यक्ष महन्थ ठाकुरले यसका लागि विभिन्न कार्यदल समेत गठन गरेका थिए ।
वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन । तर, मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा अझै सहभागी छ । अब प्रदेश सरकारमा सहभागिताका विषयमा पनि बैठकले ठोस निर्णय गर्ने बताइएको छ ।
लोसपाले असोज ८ गते गठन गरेको ३११ सदस्यीय केन्द्रीय समितिको यो दोस्रो बैठक हो । पहिलो बैठक मंसिर २४ गते बसेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


