मोरङ,  २ चैत । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । प्रहरीका अनुसार सिरहा घर भएकी २२ वर्षीया चन्द्रिका कुमारी दासको हत्या भएको हो ।

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो ।

घटनाको विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।