राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतले गरे ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं, १ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि थाइल्याण्ड, पोर्चुगल, भेनेजुएला र मंगोलियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । जसमध्ये थाइल्यान्डका राजदूत आवासीय हुन् भने अन्य गैरआवासीय राजदूत हुन् ।
नवनियुक्त राजदूतहरूलाई होटेल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


