माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सार्यो

काठमाण्डौँ, ३० फागुन । माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । यसअघि फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण चैत १ गते सारिएको थियो ।
प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण बैठक २ गते सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार बैठक केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे बस्नेछ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल हुने उनले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण बैठक २ गते बोलाइएको छ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल हुनेछ ।’
यसअघि फागुन १६ गते सकिएको बैठकमा सबै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


