प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे विश्वासको मत

काठमाण्डौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन ।
बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि भएको मतविभाजनका क्रममा जम्मा उपस्थीत २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत प्राप्त भएको थियो भने विपक्षमा ११० मत परेको छ त्यस्तै मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताएका छन ।
सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको बिश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन ।
प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । सत्तासमिकरण परिवर्तन भएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव गरेका थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


