काठमाण्डौँ, २८ फागुन । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका युवराज शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने दाबी गरेका छन् ।

सोमबार उम्मेदवारी दर्तापछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका हुन् ।

उनले लोकतन्त्रमा जित हार कसैको नहुने भन्दै सबै हार्ने र सबै जित्ने भएकाले नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।

‘मेरो राजनीतिक यात्रा धेरै लामो छ । यदि म राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए यो सभाको गरिमा बढाउने गरी नै काम गर्छु’, शर्माको भनाइ छ ।