गौर हत्याकाण्ड पीडित संघर्ष समितिले उपेन्द्र यादवलाई मन्त्री बनाएकोमा असन्तुष्ट

काठमाण्डौँ, २७ फागुन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेको छ ।
संघर्ष समितिको तर्फबाट संयोजक रुपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् । ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो’, विज्ञप्तिमा भनिएको छ । यस हर्कतले न्यायको परखाईमा रहेका आफूहरूलाई झन् पीडित एवं मर्माहत बनाएको उनले बताए ।
आइतबार यादवले उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको शपथ लिएका थिए । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


