निर्वाचन आयोगले गरेको निर्णयको विषयमा रेशम चौधरी अदालत जाने

बुटवल, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगले गरेको निर्णयको विषयमा आफू अदालत जाने सक्ने बताएका छन् ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन् ।
उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए । देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वाेच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पु¥याएकाले उचित उपचार खोजिने जिकिर गरे ।
उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए । उनले देशमा ठुला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए । उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठुला दलहरूले भ्यागुतोको धार्नी बनाउने काम गरेको बताए ।
उनले मन्त्र बन्नेहरूको मापदण्ड निर्धारण गर्नुपर्ने अवस्था आएको बताए । उनले सबै सांसदलाई मन्त्री बन्नुपरेको भन्दै अब सांसदको सङ्ख्या घटाएर १ सय मात्रै बनाउनुपर्ने बताए । बुटवलमा उनीसँग नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलगायतका नेताहरू उपस्थित थिए छन् । तर चौधरीले साथीभाइसँग खाजा खाने मात्रै उद्देश्य रहेको दाबी गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


