नवनियुक्त पराराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, २४ फागुन । नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ । बिहीबार मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा दुईबीच दुई देशबीचको सहकार्यको विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
विहिवार बिहानै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


