अहिलेको नयाँ गठबन्धनमा तत्कालै सामेल हुँदैनौ : झलनाथ खनाल

काठमाण्डौँ, २१ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन खडा गरेर सोमवार नयाँ मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेपछि नेता खनालले त्यस्तो बताएका हुन् ।
सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ गठबन्धनको नीति, कार्यक्रम र चरित्रबारे बुझेर फाइनल दृष्टिकोण बनाउने बताए । उनले भने, ‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउनुपर्यो । अहिलेलाई वेट एण्ड सी ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


