राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाण्डौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही फागुन २६ गते शनिबार बस्ने भएको छ ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति तय गर्न शनिबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
यस्तै बैठकमा पार्टीले घोषणा गरेको आन्दोलनको आवश्यक तयारीका बारे पनि छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


