पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज ५ बजे

काठमाण्डौँ, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ सोमवार साँझ ५ बजे हुने भएको छ । प्रधानमन्त्री कार्यालयले शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाएपछि शीतल निवासमा शपथको तयारी थालिएको हो ।
नेकपा माओवादी केन्द्रले सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डिपी अर्यालले मन्त्रीको शपथ लिने स्रोतले बताएको छ ।
संघीय सत्ता समीकरण फेरबदल भएपछि प्रदेश सरकारमा पनि उथलपुथल हुने निश्चित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


