घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्द्धन गरिने : मन्त्री रिजाल

काठमाण्डौं, २५ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्द्धन गरिने बताएका छन् ।
उद्योग मन्त्रालयमा बिहीबार आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले ठुला उद्योगी हाबी नहुने गरी साना तथा घरेलु उद्योगको रूपमा घरेलु मदिराको बिक्री प्रवर्धनको व्यवस्था मिलाइने बताए ।
बिक्री प्रवर्द्धन गर्न घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारणका प्रक्रिया अघि बढाइने उनको भनाइ थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको भन्दै उनले मन्त्रालयले गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको बताए ।
छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्याउनु पर्ने बताए । त्यसै गरी कानुन मन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


