हवाई सुरक्षालाई प्राथमिकतामा राख्न मन्त्री किरातीको निर्देशन

काठमाडौँ, पुष १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे । उनले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
सो अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले प्राधिकरणले २५ वर्षको यात्राबाट पाठ सिक्दै हातेमालो गरेर भविष्यका योजनामा केन्द्रित हुन आग्रह गरे । मन्त्रालयका सचिव डा. दीपक काफ्लेले वार्षिक नीति र कार्यक्रममलाई दृढतापूर्वक कार्यान्वयन गरी लक्ष्य हासिल गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


