सहिद दिवस र राम नवमीमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ, १३ पुष । सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।
‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


