प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं, १३ पुस । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत रहेका छन् ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियोे ।
यसअघि आन्दोलनकारीहरूले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाई दिएका थिए । मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीबाट उनलाई झारेर प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


