कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद

काठमाडौं, १२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद भएको छ ।
विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएको गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।
उनका अनुसार, डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर चेकजाँच गर्दा गाँजा बरामद भएको थियो ।
बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए । थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ ।
भन्सारले ३० मंसिरमा पनि अमेरिकाबाट आएको ५५ किलो गाँजा बरामद गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


