जनकपुरधाम, १२ पुस । सिरहा प्रहरीले खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा बस्ने ५६ वर्षीय मो. इब्राहिम मिया रहेको प्रहरीले जनाएको छ । मियालाई गोप्य सूचनाको आधारमा सिरहा नगरपालिका–७ बाट पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको थियो ।

अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मियालाई खुन डाँका मुद्दामा उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।