संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल

काठमाडौँ, पुष ८ गते । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भयो । सामान्यतया यो विषयलाई चाँडो टुंगोमा पुर्याउ भन्नेमा नेताहरुले भनाइ राख्नुभयो’, नेता लेखकले भने, ‘सोमबार बेलुका चार बजे पुनः अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’
उनका अनुसार नेताहरुबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउनुपर्नेमा नेताहरुको जोड रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


