काठमाडौँ, पुस ४ गते । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबै भदा ठूलो निकाय सरकार नै रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

थापाले सुरुङ निर्माणका लागि विस्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए । उनले खोकनाको फास्ट ट्र्याक टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताए । उनले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताए ।

उनले भने, ‘सबै कामहरू नेपाल सरकारले नै गर्छ । नेपाल सरकारले समयमा गर्छु भनेर सुरु गरेको विकास निर्माण अवरोध पु¥याउने सबै भन्दा ठूलो निकाय भनेको नेपाल सरकार नै हो ।’