राष्ट्रिय सभा चुनावमा अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ : धनराज गुरुङ

काठमाण्डौं, मंसिर २७ गते । कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरूङले आउने राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका छन् ।
शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेलामा सहभागी भएर बाहिरिने क्रममा उपसभापति गुरूङले राष्ट्रियसभा चुनावमा कांग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सभा चुनावमा पटक पटक अवसर पाएकाले नभई कहिल्यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।’ कांग्रेसको महासमिति बैठकमा सही एजेण्डा उठाउन आजको बैठक बोलाइएको उनको भनाइ थियो।

