जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं, २४ मंसिर । सोमबार जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ ।
बैठकमा आगामी माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।
विशेषगरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता लगायत समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक आह्वान गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


