एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अभिलेखीकरण नगर्न अदालतको आदेश

काठमाडौं, २१ मंसिर । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद बिक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न आदेश दिएको छ ।
अदालतले विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा शेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।
गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको शेयर खरिद बिक्री भएको भएपनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र शेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि रोकायाले दायर गरेको एनसेलको शेयर बिक्रीसम्बन्धी रिटमा अदालतले मंसिर २५ गतेका लागि छलफलका लागि बोलाएको थियो । यस रिटमा पनि मंसिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाइएको छ ।
उच्च अदालतको आदेशसँगै एनसेलको शेयर बिक्री भइसकेको भएपनि अब तत्कालै शेयर नामसारी नहुने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


