जनकपुरधाम, १९ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलका जनकपुरधाम नगर अध्यक्ष पंकज महतोको एउटा अश्लिल भिडियो बाहिरिएको छ ।

उनले एक युवतीसँग ह्वाटसएपमा अश्लिल गतिविधि गरिरहेको भिडियो बाहिरिएको हो । उक्त भिडियो केही महिना पहिलेको भएको स्रोतको भनाइ छ ।

जम्मा ३९ सेकेण्डको सो भिडियोमा महतोले पनि अश्लिल गतिविधि गरेको देखिन्छ । भिडियोको ९ सेकेण्डपछि उनी ती युवतीको अश्लिल क्रियाकलाप हेरिरहन्छन् । पछि आफैं पनि अश्लिल गतिविधि गरेको भिडियोमा प्रष्ट देखिन्छ । ती युवतीसँग उनले हिन्दी भाषामा कुरा गरेको सुनिन्छ ।

उनले यी हर्कतहरू भने जनकपुरधामको बजरंग चोकस्थित आफ्नै पसलमा गरेको भिडियोमा देख्न सकिन्छ ।

यता, महतोले भने भिडियोलाई काटकुट पारेर आफूमाथि षड्यन्त्र गरिएको दाबी गरेका छन् । आफ्नो चरित्र हत्या गर्ने उदेश्यले कसैले यस्तो हर्कत गरेको र सो भिडियो आफ्नो नरहेको उनको जिकिर छ ।

नोट : भिडियो हामीसँग सुरक्षित छ ।