स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मंसिर १७ गते । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा भाग लिन युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्किएका छन् ।
कोप–२८ मा सहभागी हुन उनी १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई गएका थिए । प्रधानमन्त्री दाहाल आइतबार साँझ स्वदेश फर्किएका हुन् ।
शनिबार कोप–२८ मा सम्बोधन गर्दै उनले नेपाली जनता जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी समस्या भोग्नुपरेको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी जोखिममा रहेको बताउँदै उनले हिमाल र नेपाललाई न्याय गर्न अन्तर्राष्ट्रिय समूहलाई आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


