जलवायु परिवर्तका असरले नेपालीलाई धेरै नै असर गरेको छ : प्रधानमन्त्री प्रचण्ड

युएइ, मंसिर १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन् ।
दुबईमा जारी कोप–२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको बताए ।
’जलवायु परिवर्तका असरले नेपालीलाई धेरै नै असर गरेको छ । यसमा नेपालको योगदान नगन्य रहे पनि बाढी, पहिरो, हिमपात पग्लिनेलगायतका समस्यामा नेपाल ग्रसित छ,’ उनले भने ।
जलवायु परिवर्तनका असरले नेपाललाई समस्या परेकै कारण आफू कोप–२८ मा सहभागी भएको प्रधानमन्त्रीको भनाइ छ । उनले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने जोड दिए । ’पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो । यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोषबाट नेपालले लाभ पाउनुपर्ने दाबी गरे। उनले उक्त कोषलाई पारदर्शी बनाउन जोड गर्दै नेपालले पाउने न्याय र अधिकारका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


