सकियो नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ, भोलि निर्णय हुने

काठमाडौँ, मंसिर १४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरु भएको सुनुवाइ सकिएको हो ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा विहिवार सुनुवाइ सकिएको र शुक्रवार निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
जिल्ला अदालत काठमाडौंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


