टिकटकरहरूद्वारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, ४ मंसिर । टिकटकरहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छलगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
यता, सोमबार नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदैछ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० वटा रिटको सुनुवाइ न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोकिएको छ ।
कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


