छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (मधेशका विभिन्न स्थानका तस्बिरहरूसहित)

जनकपुरधाम, ३ मंसिर । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो ।
यस अवसमा जनकपुरधामको विभिन्न पोखरीमा हेलिकप्टरबाट पूष्पवर्षासमेत गरिएको छ ।
मधेसका जिल्लाहरूमा ग्रामीण भेगदेखि सहरसम्मको जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।
स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाती, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुप, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृश्य मनमोहक देखियो ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरिएको छ।
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।





















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


