काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल सम्वत् ११४४ र नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नियमन गर्ने निकायलाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा टिकटकमाथिको प्रतिबन्ध स्वीकार्य हुन नसक्ने बताए । उनले सरकारको दृष्टिकोण र सोच अर्जुन दृष्टि भएर भूगोलमा छरिनुपर्ने बेलामा विचारमा आएको मतभेदले सरकार र गठबन्धनकाप्रति औँलो ठडिने अवस्था देखिएको बताए । उनले मन्त्रीमण्डलले गरेको निर्णय तत्काल सच्याइ रूपमा नियमन गर्ने पाटो सशक्त रूपमा अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

सहमहामन्त्री आङ्दम्बेले विपद्मा उद्धार र राहतका लागि स्टन्टबाजी नगरी सबैले सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए ।