क्रिकेटर गुल्शन झालाई गृह जिल्लामा अभिनन्दन

सर्लाही, २८ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्शन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सदरमुकाम मलंगवामा एक समारोहका बिच उनलाई अभिनन्दन गरेको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ सगरदिना स्थायी घर भई मलंगवा नगरपालिका–८ मा बस्दै आएका क्रिकेटर झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला र चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले संयुक्त रुपमा अभिनन्दन गरेको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।
नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता हासिल गरिरहेको र क्रिकेटर झाले नेपाली क्रिकेटको सम्मानलाई बढाउन बलिङ र व्याटिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकाले गृह जिल्लामा अभिनन्दन गरिएको पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


