जनकपुरधाम, २८ कार्तिक । जनकपुरधाम–जयनगर रेलले किचेर एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको मधुबनी जिल्ला जयनगर बेल्ही बस्ने ९० वर्षीय विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक सो पुरुषको लिकमै किचिएर मृत्यु भएको डीएसपी अवाले बताए ।

रेल मंगलबार बिहान करिब साढे ९ बजे जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको बेला सो दुर्घटना भएको बताइएको छ ।