काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रबार रत्नपार्कमा भेला भएर, तरुण दलका नेता–कार्यकर्ताले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन् ।

प्रदर्शनमा सहभागीले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।