चिनियाँ राजदूतको अभिव्यक्तिको विरोधमा लोसपाद्वारा जनकपुरमा प्रदर्शन

जनकपुरधाम, २२ भदौ । चिनिया राजदुत चेन सोङ्गले गैर कुटनैतिक अभिव्यक्ति दिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
विदेशी राजदुतद्वारा सार्वभौम सम्पन्न गौरवशाली इतिहास बोकेको राज्य नेपालको अखण्डता र स्वतन्त्रताको गरिमामाथि बारम्बार गरिएको हस्तक्षेप विरुद्ध लोसपा नेपाल धनुषा जिल्ला कार्यसमितिले विरोध प्रदर्शन गरेको हो ।

लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलको विशेष उपस्थितिमा निकालिएको जुलुशमा प्रदेश सचिव पप्पु चौधरी, धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह, उपाध्यक्ष प्रमोद यादव, सचिव जीवेन्द्र झा, लोसपा नेपालका नेता एवं दलित विकास समतिका अध्यक्ष रामप्रवेश बैठालगायत लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सक्रिय नेता कार्यकर्ता तथा युवा विद्यार्थी नेताहरूको उपस्थिति रहेकोे थियोे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


