काठमाडौँ, २१ भदौ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले आयोगका कामबारे सरकार गम्भीर भएर निकास दिनुपर्ने बताए ।

पौडेलले भने, ‘चलाउँदै आएको चल्दै आएका यस प्रकारको संस्थाको बारेमा राज्यले निकास त दिनु प¥यो नि ? सरकार को हो ? सरकार त चिकित्सा शिक्षा आयोग पनि हो, शिक्षा मन्त्रालय पनि हो । चिकित्सा शिक्षा आयोगमा शिक्षा मन्त्रालय जोडिएको छ । प्रधानमन्त्री आफैं त्यसको प्रमुख हुनुहुन्छ । यो निकास नदिएर उहाँहरू कहिले मन्त्रालयमा जाने कहिले धर्नामा जाने यसलाई समाधान गर्नुपर्छ ।’