काठमाडौँ, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेको छ ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै राप्रपाका महामन्त्री धवल शमशेर राणाले बुधबार भृकुटीमण्डपमा यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीका नभएको स्पष्ट पारेका हुन् ।

उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने पनि बताए । महामन्त्री राणाले भने, ‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन ।’ आक्रमण गर्ने व्यक्तिलाई हुनुपर्ने कारबाही गर्न पनि उनले सरकारसँग माग गरे । यस घटनामाथि छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरे ।