सिंहदरबारजस्तै हामी ‘जनक दरबार’ बनाउँछौँ : मुख्यमन्त्री यादव

जनकपुरधाम, २० भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालय एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रूपमा जनक दरबार निर्माण गर्ने बताएका छन् ।
बुधबार जनकपुरधामको बेंङ्गा शिवपुरमा श्रीकृष्णजन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाई बनाएर जनक दरबारको रूपमा स्थापित गर्ने बताए ।
काठमाडौंको सिंहदरबार जस्तै प्रदेशको मुख्य केन्द्रको रूपमा अब जनक दरबार स्थापित हुने उनको दाबी छ । उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउनेबित्तिकै निर्माण कार्य अगाडि बढाउने जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


