पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर छन् : देउवा

काठमाडौँ, २० भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उनले बताएका छन् ।
देउवाले भगवान श्रीकृष्ण जन्मिएको पावन दिनको अवसरमा स्वदेश तथा विदेशमा सम्पूर्ण नेपालीमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


