काठमाडौँ, १९ भदौ । कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले मानव बेचविखनको विषयमा आम रूपमा बहस गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बेचविखनको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर रोकथामका उपाय अपनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘यो बहसको विषय हो, तर पर्याप्त ढंगले यो संसद््मा बहस भएको छैन । आवश्यकताका अधारमा मात्र बहसको विषय बनाएका छौँ । यो धेरै महत्वपूर्ण विषय हो ।’

मानव बेचविखनको विषयलाई महत्वको साथ लिनुपर्ने उनको भनाइ छ । अहिले मानव बेचविखनको प्रकृति फरक भएको र त्यसमा सबैजना सजग हुनुपर्ने उनले बताइन् । वैदेशिक रोजगारमा गएकाहरू बेचविखनको सिकार हुने गरेको उनले सुनाइन् ।