अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुँदैन : कानुनमन्त्री गुरुङ

काठमाडौँ, १८ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर गरेको प्रश्नको जवाफमा मन्त्री गुरुङले सो कुरा बताएका हुन् । न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै उनले त्यसमा दलीय भागबण्डा नहुने बताए ।
न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी गर्दै उनले सर्वोच्च अदालत स्वयं यसमा लागेको उल्लेख गरे । सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


